अफगानिस्तानमा कार बम बिस्फोट, कम्तिमा ३० सुरक्षाकर्मीले ज्यान गुमाए « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अफगानिस्तानमा कार बम बिस्फोट, कम्तिमा ३० सुरक्षाकर्मीले ज्यान गुमाए


एजेन्सी

१४ मंसिर २०७७, आइतबार


एजेन्सी । अफगानिस्तानको गाज्नी प्रान्तमा आइतबार कार बम बिस्फोट हुँदा कम्तिमा ३० सुरक्षाकर्मी मारिएको र यो संख्या अझै बढ्न सक्ने रोयटर्सले जनाएको छ।

गाज्नीको प्रान्तीय अस्पतालका निर्देशक बाज मोहम्मद हेमतका अनुसार ३० शव र २४ घाइते अस्पतालमा ल्याइएका थिए। ’सबै सुरक्षाकर्मीहरू हुन्,’ उनले भने।

स्थानीय अधिकारीहरूका अनुसार उक्त बिस्फोट अफगानी सेक्युरिटी फोर्सको विङ, पब्लिक प्रोटेक्सन फोर्सको परिसर लक्षित थियो।

बिस्फोट हुँदा स्थानीय नागरिकका घरहरूमा पनि क्षति पुगेको छ।

आन्तरिक मन्त्रालयका प्रवक्ता तरिक अरियनले पनि कार बम बिस्फोट भएको पुष्टि गरे पनि विस्तृत जानकारी दिएनन्।

बिस्फोट जिम्मेवारी कसैले लिएको छैन। आइतबार नै अफगानिस्तानको जाबुल प्रान्तमा बिस्फोट भएको छ।

प्रान्तीय गभर्नरका प्रवक्ता गुल इस्लाम स्यालका अनुसार बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ। त्यस्तै २३ जना घाइते भएका छन्।

जाबुलका प्रान्तीय काउन्सिलका प्रमुख हाजी अता जान हकबायान पनि सामान्य घाइते भएका छन्। उनी तालिवानका आलोचक हुन्।

उनीमाथि लक्षित गरी भएको आक्रमणको जिम्मेवारी पनि कसैले लिएको छैन। केही महिनायता अफगानिस्तानमा पटक-पटक बम विस्फोट भएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस