कश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु


१३ मंसिर २०७७, शनिबार


काठमाडौँ । जम्मु–कश्मीरमा भएको गोली हानाहानमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारत–पाकिस्तानबीच भएको गोली हानाहानमा पाकिस्तानको तर्फबाट चलेको गोली लागेर दाङको तुलसीपुर उपमहानगरपालिका–९ बेलुवा घर भएका प्रेमबहादुर खत्रीको मृत्यु भएको हो ।

उक्त भिडनतमा एक भारतीय राइफल्यान सुखवीर सिंहको पनि शुक्रबार मृत्यु भएको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाका अनुसार रजौरी जिल्लाको सुन्दरबनी सेक्टर भिडन्त भएको भियो ।

१३ वर्षदेखि भारतीय सेनामा कार्यरत खत्रीका श्रीमती, सात वर्षीय छोरी र पाँच वर्षीय छोरा छन् ।

गत असारमा जम्मु–कश्मीरमै भारतीय सेनामा कार्यरत नेपालीहरू सम्बुर गुरुङ र दीपक कार्कीको तथा २०७६ कात्तिकमा गामिलकुमार श्रेष्ठको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस