भारतीय विदेश सचिव आज नेपाल आउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भारतीय विदेश सचिव आज नेपाल आउँदै


११ मंसिर २०७७, बिहिबार


काठमाडौँ। भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आउन लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनी आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको छ ।

श्रृंगलाले आजै उच्चस्तरीय भेटवार्ता गर्ने तथा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ । त्यसअघि परराष्ट्र सचिवले दुईपक्षीय विषयहरुमा वार्ता गर्ने स्रोतले जानकारी दिएको छ ।

यस्तै नेपाली समकक्षी र अन्य उच्च अधिकारीहरुसाग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने काठमाडौँस्थित भारतीय राजदूतावास स्रोतले जनाएको छ ।

उनी शुक्रबार ज्यापु समाजको भवन उदघाटन र गोर्खाको एक गुम्बा उदघाटन कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । शुक्रवार नै श्रृंगला स्वदेश फर्किने छन् ।

पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका विदेश सचिव श्रृंगलाको यो भ्रमण दुई देशबीच उच्चस्तरमा भइरहेको भ्रमणको आदान प्रदानकै निरन्तरता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउँदै

Tags :
प्रतिक्रिया दिनुहोस