भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउँदै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउँदै


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएका छन् । नेपाल भारतबीचको सम्बन्ध सुधारका लागि नोभेम्बर अन्तिम साता नेपाल आउने स्रोतको दाबी छ ।

भारतीय सेना प्रमुखको नेपाल भ्रमण सकिए लगत्तै विदेश सचिव श्रृंगला नेपाल आउने तारी भएको हो ।

विशेष गरी नेपाल भारतबीचको सम्बन्धमा सुधार ल्याउन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार उनी नोभेम्बर २६ देखि २७ मा नेपाल आउने छन् ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई भेट्नेछन् ।

भारतीय समाचार माध्यम हिन्दुस्तान टाइम्सले जनाए अनुसार श्रृंगलाको भ्रमणका क्रममा एक भन्दा धेरै एजेन्डामाथि छलफल हुनेछ । स्रोतका अनुसार श्रृंगलाको भ्रमणका क्रममा सीमा विवाद, विगत लामो समयदेखि पञ्चेश्वर परियोजनालगायतका विषयमा छलफल हुने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस