रत्नपार्कको नाम परिवर्तन नगर्न भन्दै राप्रपाले काठमाडौँ महानगरलाई बुझायो ज्ञापनपत्र « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रत्नपार्कको नाम परिवर्तन नगर्न भन्दै राप्रपाले काठमाडौँ महानगरलाई बुझायो ज्ञापनपत्र


९ मंसिर २०७७, मंगलबार


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँले रत्नपार्कको नाम परिवर्तन गर्न नहुने भन्दै मंगलबार काठमाडौँ महानगरलाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तन गरिएको सम्बन्धमा भएको गल्ती सच्याउन माग राख्दै ज्ञापनपत्र बुझाइएको हो ।

काठमाडौँ महानगरपालिकाले तत्कालीन श्री ५ महेन्द्रको जीवनसंगिनी, राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहेकी मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य गलत भएको ज्ञापनपत्रमा उल्लेख छ ।

राष्ट्रिय विभूति शंखधर साख्वा अरू कसैको नाममा बनेर व्यापक प्रचलनमा आइसकेको पार्कलाई नाम फेरेर राखिनुपर्ने पात्र नभएको बताइएको छ ।

काठमाडौँ महानगरपालिकालाई यो कार्य तत्काल सच्याउन मागसमेत गरिएको छ ।

शंखधर साख्वाको नाममा नयाँ ठाउँमा भव्य पार्क बनाउनुपर्ने राप्रपाको माग रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस