२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्याका फरार दुई अभियुक्त पक्राउ

अ+ अ-

रौतहट । मदिरा सेवन गरी हत्या गरेर फरार भएका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

अत्यधिक मदिरा सेवन गरी वृन्दावन नगरपालिका-७ सखुअवा धमौराका अमिरी पासवानलाई हत्या गरेर फरार भएको अभियोगमा प्रहरीले सोही ठाउँका १९ वर्षीय विकास पासवान र ५५ वर्षीय बिन्द पासवानलाई
पक्राउ गरिएको हो ।

अत्यधिक मदिरा सेवन गरी विकास पासवानलगायत केही व्यक्तिको समूहले सोमबार साँझ घरतर्फ जाँदै गरेका अमिरी पासवानलाई गालीगलोज तथा कुटपिटसँगै जोरले धक्का दिँदा लडेर उनको टाउकामा गम्भीर चोट लागेको थियो । घाइते पासवानलाई तत्काल एम्बुलेन्सबाट गरुडास्थित सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारका क्रममा गए राति ८ः१५ बजे अस्पतालमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गौर र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले घटनाको केही बेरपछि आरोपी विकास पासवानलाई उनको आफ्नै घरबाट र त्यसको चार घण्टापछि उनकै बयानका आधारमा अर्का आरोपी बिन्द पासवानलाई लुकीछिपी बसेको अवस्थामा उनको घरैबाट विशेष सूचनाका आधारमा पक्राउ गरिएको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

अभियुक्त दुवै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थमाउने तयारी भइरहेको उनको भनाइ छ । पछिल्लो समय प्रहरी उपरीक्षक शाहको निर्देशनमा रौतहटमा प्रहरीले सक्रियता बढाएका कारण अपराध भएको केही घण्टाभित्रै अपराधी पक्राउ गर्न सफल भइरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस