घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घुस लिएको आरोपमा सशस्त्र प्रहरी जवानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प महोत्तरी गौशालामा कार्यरत प्रहरी जवान उमेश महतो चौहानविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

आयोगले सोमबार चौहानविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनलाई १७ हजार ६ सय रुपैयाँ बिगो माग गरिएको छ।

घरायसी प्रयोगका लागि काठ/दाउरा लैजान सहजीकरण गरिदिएवापत घुस मागेको आरोपमा अख्तियारले चौहानलाई केही समयअघि रंगेहात पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा चौहानले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस