कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस सांसद मोहन पाण्डेले लिए पद तथा गोपनीयताको सपथ


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद मोहनप्रसाद पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
समानुपातिक निर्वाचन पद्धतिबाट प्रतिनिधि सभा सदस्य चयन भएका स्याङ्जाका पाण्डेले आज सभामुख अग्नि सापकोटाद्धारा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि उक्त रिक्त पदमा नेपाली कांग्रेसले पाण्डेलाई चयन गरेको हो ।केसीको गत कात्तिक १७ मा निधन भएको थियो ।

केसीको ठाउँमा रिक्त पदपूर्तिबारे निर्वाचन आयोगले शुक्रबार संसद् सचिवालयलाई जानकारी दिएको थियो । आयोगको पत्र प्राप्त भएपछि पाण्डेलाई शपथग्रहण गराइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस