विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विप्लव समूहका एक कार्यकर्ता काभ्रेबाट पक्राउ


८ मंसिर २०७७, सोमबार


विप्लव

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता काभ्रेबाट पक्राउ परेका छन् ।

आइतबार राति पौने ७ बजे बनेपा नगरपालिका–१० बसपार्कबाट रोशी गाउँपालिका–६ का २७ वर्षीय सन्देश भन्ने बुद्ध लामा पक्राउ परेका हुन् ।

लामा काभ्रेका जिल्ला कमिटी सदस्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीले उनमाथि थप अनुसन्धान अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस