२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१५ दिन भित्र दाङका १० क्रसर उद्योग बन्द गर्न निर्देशन

अ+ अ-

दाङ । दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन भएको छ । बालुवा प्रशोधन गर्ने गरी क्रसर नै सञ्चालन गरेका १० उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।

गत कात्तिक २५ गते गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा विभिन्न सरकारी कार्यालयले गरेको अनुगमनका क्रममा उक्त निर्देशन दिइएको हो ।

अनुगमनका क्रममा उद्योगहरूको अवस्थाबारे जानकारी लिइएको थियो । ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाइएको थियो ।

बन्द गर्न निर्देशन भएका उद्योगहरूमा स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जयवागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग छन्।

उक्त उद्योगहरू १५ दिनभित्र बन्द नगरिए राज्यको सेवा सुविधा कटौती गरी दर्ता खारेज गर्ने चेतावनीसमेत दिइएको छ ।

क्रसर उद्योग व्यवसायी महासंघका अध्यक्ष मीन बहादुर शाहीले भने आफूहरू राज्यको नीति अनुसार चल्ने प्रतिबद्धता जनाए । उनले राज्यका मापदण्डहरू अव्यवहारिक हुँदा व्यवसायीहरू मारमा पर्ने गरेको गुनासो सुनाए ।