१५ दिन भित्र दाङका १० क्रसर उद्योग बन्द गर्न निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१५ दिन भित्र दाङका १० क्रसर उद्योग बन्द गर्न निर्देशन


८ मंसिर २०७७, सोमबार


दाङ । दाङका १० क्रसर उद्योग १५ दिनभित्र बन्द गर्न निर्देशन भएको छ । बालुवा प्रशोधन गर्ने गरी क्रसर नै सञ्चालन गरेका १० उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।

गत कात्तिक २५ गते गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा विभिन्न सरकारी कार्यालयले गरेको अनुगमनका क्रममा उक्त निर्देशन दिइएको हो ।

अनुगमनका क्रममा उद्योगहरूको अवस्थाबारे जानकारी लिइएको थियो । ३२ वटा बालुवा प्रशोधन उद्योगका नाममा दर्ता भएको र ६ वटा बन्द भएको पाइएको थियो ।

बन्द गर्न निर्देशन भएका उद्योगहरूमा स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग, बागरबाबा बालुवा प्रशोधन उद्योग, पाण्डवेश्वर बालुवा वासिङ उद्योग, जयवागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रीगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रीगेट बालुवा वासिङ उद्योग छन्।

उक्त उद्योगहरू १५ दिनभित्र बन्द नगरिए राज्यको सेवा सुविधा कटौती गरी दर्ता खारेज गर्ने चेतावनीसमेत दिइएको छ ।

क्रसर उद्योग व्यवसायी महासंघका अध्यक्ष मीन बहादुर शाहीले भने आफूहरू राज्यको नीति अनुसार चल्ने प्रतिबद्धता जनाए । उनले राज्यका मापदण्डहरू अव्यवहारिक हुँदा व्यवसायीहरू मारमा पर्ने गरेको गुनासो सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस