अमेरिकी नागरिकले डिसेम्बर दोस्रो साता कोरोना विरुद्धको खोप पाउन सक्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अमेरिकी नागरिकले डिसेम्बर दोस्रो साता कोरोना विरुद्धको खोप पाउन सक्ने


८ मंसिर २०७७, सोमबार


काठमाडौँ । अमेरिकी नागरिकले आउँदो डिसेम्बर महिनाको दोस्रो साता कोरोना भाइरसविरुद्धको खोप पाउन सक्ने भएका छन् । अमेरिकाका कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले अमेरिकी नागरिकहरूले डिसेम्बर महिनाको ११ तारिखसम्म पहिलो पटक कोभिड १९ विरुद्धको खोप पाउन सक्ने जानकारी दिएको बिबिसीले उल्लेख गरेको छ ।

देशव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेका बेला डा। मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घण्टाभित्र खोप पुर्‍याइने योजना रहेको बताए ।

अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रवार आवेदन दिएका छन् । खुई पटक लगाइनुपर्ने ओपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।

अमेरिकामा हालसम्म १ करोड २५ लाख भन्दा बढी मानिस कोरोना सङ्क्रमित भइसकेको ओल्डओमिटरले जानकारी गराएको छ । कोरोना सङ्क्रमणका कारण अमेरिकामा २ लाख ६२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस