कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन


७ मंसिर २०७७, आइतबार


लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।

सप्तरीको राजविराज नगरपालिका-२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस