नेपाल प्रहरी देश र जनताप्रति बफादार हुनुपर्छ : एसएसपी श्रेष्ठ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरी देश र जनताप्रति बफादार हुनुपर्छ : एसएसपी श्रेष्ठ


३ मंसिर २०७७, बुधबार


डोटी । सुदूरपश्चिम प्रदेश तालिम केन्द्र दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रदीप कुमार श्रेष्ठले नेपाल प्रहरी सदैव देश र जनताप्रति बफादार हुनुपर्ने बताएका छन् ।

प्रदेश तालिम केन्द्र दिपायलले बुधवार आयोजना गरेको प्रहरी जवानहरूको आधारभूत तालिम ११.८० औँ समूहको तालिमको उद्घाटन गर्दै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्रेष्ठ उक्त कुरामा बताएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले भने प्रहरी भनेको देश र जनताको सेवक हो नेपाल प्रहरी जहिले पनि देश र जनताप्रति बफादार हुनुपर्ने बताए ।

उनले प्रशिक्षार्थी प्रहरी जवानलाई इंकीत गर्दै तालिम अवधि र तालिम सकिए पश्चात् नेपाल प्रहरी जहिले पनि अनुशासित, कर्मठ भएर काम गर्नुका साथै पेशाको उच्च सम्मान गर्नुपर्ने बताए । उनले नेपाल प्रहरीमा आफ्नै प्रकारको चेन अफ कमान्ड हुन्छ त्यसैले सबै नीति नियम पूर्ण रूपमा पालन गर्न समेत सुझाव दिएका थिए ।

प्रशिक्षार्थी जवानहरूका लागि सञ्चालन हुने तालिम २ सय ३४ दिनको चार चरणमा सञ्चालन हुने तालिम केन्द्रका प्रहरी निरीक्षक रण बहादुर चन्द बताए । प्रहरी निरीक्षक चन्द्रका अनुसार पहिलो चरणमा प्रहरी सङ्गठन ऐन नियमको बारेमा जानकारी , दोस्रो चरणमा प्रहरी कार्य सम्बन्धी जानकारी, तेस्रो चरणमा अपराध अनुसन्धान सम्बन्धी जानकारी र तेस्रो चरणमा प्रहरी युक्ति कारबाहीका साथै ब्यायम अभ्यास र प्रयोगात्मक कक्षाहरू समेत संचालन गरिने बताए । प्रदेश तालिम केन्द्रका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर बिष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तालिममा दिपायल तालिम केन्द्रमा १ सय १० महिला र २ सय ९१ जना पुरुष गरी ४ सय १ जना र प्रहरी प्रशिक्षण स्थल बुडरमा २ सय १२ जना पुरुष गरी ६ सय १३ जना प्रशिक्षार्थी जवानहरू तालिममा सहभागी रहने तालिम कन्द दिपायलले जानकारी दिएको छ ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस