नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली र चिनियाँ राजदूतबीच भेटवार्ता


३ मंसिर २०७७, बुधबार


काठमाडौँ। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबिच भेटवार्ता भएको छ ।

राजदूत यान्छीले मंगलबार राति प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष ओलीसँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा पार्टीभित्रको विवाद र समाधानबारे करिब डेढ घण्टा कुराकानी भएको स्रोतको भनाई छ ।

त्यसो त यसअघि पनि गत वैशाखको सचिवालय बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुग्दा फुटका संघारमा पुगेको नेकपालाई जोगाउन राजदूत यान्छीले भूमिका खेलेको बताइन्छ । त्यतिखेर उनले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, ओली, माधव नेपाल लगायतका नेताहरुलाई अलग–अलग भेटवार्ता गरेकी थिइन् ।

त्यसताका उनको सक्रियतालाई कतिपयले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको रुपमा लिएपछि दोस्रो पटकको विवादमा उनी आफै नभई दोस्रो तहको अधिकारीलाई पठाउने गरेकोसमेत बुझिएको छ तर पुनः पार्टी फुटकै संघारमा पुगेपछि भने चर्किएको नेकपा विवाद मिलाउन उनको सक्रियता बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस