मेक्सिकोमा ट्याङ्कर विस्फोट, १४ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मेक्सिकोमा ट्याङ्कर विस्फोट, १४ जनाको मृत्यु


२ मंसिर २०७७, मंगलबार


मेक्सिको सिटी । मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्याङ्कर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो ।

बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरू तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस