कर्मचारीमा कोरोना पुष्टि भएपछि बाह्रदशी गाउँपालिका बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारीमा कोरोना पुष्टि भएपछि बाह्रदशी गाउँपालिका बन्द


२ मंसिर २०७७, मंगलबार


झापा । कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ​बाह्रदशी गाउँपालिका कार्यालय मंसिर ३ गतेदेखि बन्द हुने भएको छ।

एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बाह्रदशी गाउँपालिका बन्द गर्ने निर्णय गरेको हो ।

आज निर्णय गर्दै गाउँपालिका बन्द गर्ने भनी सूचना जारी गरेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।  हाल उनी होम आइसोलेसनमा बसेका छन्।

कोरोना भाइरसको महामारी अझै सामान्य नभएको भन्दै बाह्रदशी गाउँपालिकाले मङ्सिर ६ गतेसम्म गाउँपालिका अन्तर्गत सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

मंसिर ७ गतेदेखि गाउँपालिका कार्यालय नियमित रूपमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस