कोरोना विरुद्धको भ्याक्सिन ९५ प्रतिशत सफल हुने दाबी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोना विरुद्धको भ्याक्सिन ९५ प्रतिशत सफल हुने दाबी


१ मंसिर २०७७, सोमबार


काठमाडौँ । अमेरिकी कम्पनी मोडर्नाले नयाँ विकास गरेको कोभिड-१९ विरुद्धको भ्याक्सिन ९५ प्रतिशत सफल हुने दाबी गरेको छ ।

यसअघि अमेरिकी फाइजर कम्पनीले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत सफल भएको थियो । मोडर्ना कम्पनीले उत्पादन गरेको यो भ्याक्सिनले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी हुने विश्वास गरिएको सो कम्पनीले जनाएको छ ।

आगामी केही सातापछि नै भ्याक्सिनलाई आवश्यक प्रक्रिया पुर्‍याई प्रयोगमा ल्याइने सो कम्पनीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । कम्पनीले यो आविष्कार आफ्नो निकै ठुलो उपलब्धि भएको पनि बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस