कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोरोना सङ्क्रमित पत्रकारको निःशुल्क उपचार


२९ कार्तिक २०७७, शनिबार


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कोरोना भाइरसबाट प्रभावित भएका सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ अन्तर्गतको साना लगानी मिडिया हकहित प्रवर्द्धन तथा संरक्षण समितिको ज्ञापन पत्र शुक्रवार बुझ्दै उनले यस्तो बताएका हुन् ।

कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनको भनाई थियो । श्रमजीवी पत्रकार र सञ्चार गृहबिच केही माग रहेको उल्लेख गर्दै उनले ती माग पूरा गराउन मन्त्रालयले पहल सुरु गरिसकेको बताए ।

कस्तो पत्रकारिताबाट समृद्ध र सुन्दर समाज निर्माण गर्ने तथा समाजमा असल नागरिक निर्माण हुन्छ भन्नेबारे एक पटक सबैले सोच्नुपर्ने बेला आएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस