भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी


२८ कार्तिक २०७७, शुक्रबार


नयाँदिल्ली । भारतमा कोराना भाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ ।

कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमितको सङ्ख्यामा पनि कमी आएको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४४ हजार ८७८ जना सङ्क्रमित थपिएका छन् ।

भारतमा योसँगै कुल सङ्क्रमितको संख्या ८७ लाख २८ हजार ७९५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५४७ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख २८ हजार ६६८ जनाको मृत्यु भएको विवरण छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या घट्दै गएर चार लाख ८४ हजार ५४७ पुगेको छ । भारतमा केही हप्ता अगाडिसम्म झण्डै दश लाख मानिस सक्रिय सङ्क्रमित अवस्थामै रहेका थिए ।

भारतको स्वास्थ्य अनुसन्धान परिषदले अहिलेसम्म १२ करोड ३१ लाख नमूना परीक्षण गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस