सार्वजनिक यातायात सेवा व्यवस्थित बनाइन्छ : राज्यमन्त्री मानन्धर « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सार्वजनिक यातायात सेवा व्यवस्थित बनाइन्छ : राज्यमन्त्री मानन्धर


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शहरी क्षेत्रको सार्वजनिक यातायात सेवा व्यवस्थित पारिने बताएका छन् ।

बालाजु तारकेश्वर यातायात प्रालिको साधारण सभामा बोल्दै मन्त्री मानन्धरले शहरलाई व्यवस्थित बनाउनका लागि सार्वजनिक यातायातको भूमिका महत्वपूर्ण हुने भएकाले व्यवस्थित रुपमा सञ्चालनका लागि सरकारले काम गरिरहेको बताए ।

लकडाउनका कारण सार्वजनिक यातायात सञ्चालकहरु समस्यामा परेको गुनासो आइरहेको र सरकारले व्यावसायीको समस्या समाधानका लागि पहल गरिरहेको उनको भनाइ छ ।

नेपालको यातायात सञ्चालन प्रणाली कमजोर रहेको बताउँदै मन्त्री मानन्धरले जनताले सहज रुपमा यात्रा गर्न पाउने गरी सुधार गर्न पनि यातायात व्यावसायीलाई आग्रह गरे ।

सरकार जनताको जीवन रक्षाका लागि हर तरहको प्रयास गरिरहेको बताउँदै मन्त्री मानन्धरले स्वास्थ्य सावधानीका मापदण्ड अनुसार सवारी सञ्चालन र यात्रा गर्न आग्रह समेत गरेका छन् ।

कार्यक्रमममा तारकेश्वर यातायात प्रालिका अध्यक्ष मिनबहादुर मानन्धर र सचिव परशुराम लामिछानेले सार्वजनिक यातायातको पुनरुत्थानका लागि विशेष प्याकेज आवश्यक रहेको बताउँदै यातायात व्यावसायीको मर्का बुझेर निर्णय गरिदिन सरकारलाई आग्रह गरे ।

मानन्धरले जनताको जीवन रक्षासँगै विकास निर्माणलाई पनि तीब्र रुपमा अघि बढाउनका लागि सरकारले विभिन्न विकल्पमा काम गरिरहेको बताउँदै अर्थतन्त्रलाई मितव्ययी र चलायमान बनाउन सरकारले कार्ययोजना ल्याइसकेको पनि जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस