यस्तो रहनेछ आगामी ३ दिनको मौसम « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

यस्तो रहनेछ आगामी ३ दिनको मौसम


२८ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । प्रदेश नम्बर १ र गण्डकी प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रवार दिनभर प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहनुबाहेक अन्य स्थानको मौसम सफा रहनेछ । रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै राति पनि मौसममा उस्तै रहनेछ ।

यसै गरी शनिवार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।

यसै गरी आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस