२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोनसिक फुटसल २०२० को उपाधि केसी विश्वविद्यालयलाई

अ+ अ-

दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) द्वारा कोरियामा अध्ययनरत विद्यार्थीहरु बीच आयोजना गरिएको फ़ुट्सल प्रतियोगिता केसी विश्वविद्यालयको टिमले जितेको छ।

कुल आठ टोली सहभागी भएको उक्त प्रतियोगितामा केसी विश्वविद्यालय टिम र अजो विश्वविद्यालय फाइनलमा प्रवेश गरेका थिए । अन्तिम चरणको खेलमा कडा प्रतिस्पर्धाकाबीच आजो विश्वविद्यालयलाई पेनाल्टी सुट आउटमा एकका विरूद्ध दुई गोलले पराजित गर्दै केसी विश्वविद्यालयले उपाधि हात परेको थियो।

उपाधिसँगै केसी विश्वविद्यालयले नगद दुई लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अजो विश्वविद्यालयले नगद एक लाख कोरियन वोन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

प्लेयर अफ द टोर्नमेण्टको उपाधि निशान कार्की केसी विश्वविद्यालय, म्यान अफ दि म्याचको उपाधि कारुन ज्ञवाली अजो विश्वविद्यालय र उत्कृष्ट गोलकिपरको उपाधि भने रूपक नेपालीले (अजो विश्वविद्यालय) जितेका थिए ।

उपाधिसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय रेफ्री पीटरसनको मुख्य भूमिकामा सम्पन्न भएको यस प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन संस्थाका सचिव टोनकिङ बास्तोलाले गरेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल टिमलाई एसईएनटीबीई रेमिटेन्स को तर्फबाट पनि आकर्षक उपहार प्रदान गरिएको थियो ।

यस प्रतियोगिता कूल आठ टोली सहभागी भएता पनि कोरियामा २५ भन्दाबढी विश्वविद्यालय अध्ययनरत कम्तिमा ९० जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक आश्विनी ढकालले बताए ।

डा. पूरण क्षेत्रीको प्राविधिक र व्यवस्थापकीय सहयोग तथा सोनसिकका खेलकुद संयोजक सन्तोष लामिछानेको संयोजकत्वमा संचालन गरिएको यस प्रतियोगिता कोभिड–१९को महामारीकाबीचमा अति संवेदनशील भई कोरिया सरकारको निर्देशन अनुरूप सम्पूर्ण स्वास्थ्यका मापदण्ड पुरा गरी सम्पन्न गरिएको पहिलो ठुलो एवम् भव्य कार्यक्रम रहेको छ ।

सोनसिकका सलाहकारहरू डा. विनायक भण्डारी, डा. इन्दिरा तिवारी, केशव थापा, प्रकाश देवकोटा, लगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थितिका साथ भव्यरूपमा कार्यक्रम सम्पन्न भएको कुरा यस नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका सभापति राजाराम श्रेष्ठले जनाएका छन्। साथै उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात हरुमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको कुरा जानकारी गराएका छन् ।