सोनसिक फुटसल २०२० को उपाधि केसी विश्वविद्यालयलाई « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सोनसिक फुटसल २०२० को उपाधि केसी विश्वविद्यालयलाई


२६ कार्तिक २०७७, बुधबार


दक्षिण कोरिया । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) द्वारा कोरियामा अध्ययनरत विद्यार्थीहरु बीच आयोजना गरिएको फ़ुट्सल प्रतियोगिता केसी विश्वविद्यालयको टिमले जितेको छ।

कुल आठ टोली सहभागी भएको उक्त प्रतियोगितामा केसी विश्वविद्यालय टिम र अजो विश्वविद्यालय फाइनलमा प्रवेश गरेका थिए । अन्तिम चरणको खेलमा कडा प्रतिस्पर्धाकाबीच आजो विश्वविद्यालयलाई पेनाल्टी सुट आउटमा एकका विरूद्ध दुई गोलले पराजित गर्दै केसी विश्वविद्यालयले उपाधि हात परेको थियो।

उपाधिसँगै केसी विश्वविद्यालयले नगद दुई लाख कोरियन वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने अजो विश्वविद्यालयले नगद एक लाख कोरियन वोन, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

प्लेयर अफ द टोर्नमेण्टको उपाधि निशान कार्की केसी विश्वविद्यालय, म्यान अफ दि म्याचको उपाधि कारुन ज्ञवाली अजो विश्वविद्यालय र उत्कृष्ट गोलकिपरको उपाधि भने रूपक नेपालीले (अजो विश्वविद्यालय) जितेका थिए ।

उपाधिसँगै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए। अन्तर्राष्ट्रिय रेफ्री पीटरसनको मुख्य भूमिकामा सम्पन्न भएको यस प्रतियोगिताको उद्घाटन तथा पुरस्कार वितरण कार्यक्रमको संचालन संस्थाका सचिव टोनकिङ बास्तोलाले गरेका थिए ।

प्रतियोगितामा प्रथम र द्वितीय हुन सफल टिमलाई एसईएनटीबीई रेमिटेन्स को तर्फबाट पनि आकर्षक उपहार प्रदान गरिएको थियो ।

यस प्रतियोगिता कूल आठ टोली सहभागी भएता पनि कोरियामा २५ भन्दाबढी विश्वविद्यालय अध्ययनरत कम्तिमा ९० जना नेपाली विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक आश्विनी ढकालले बताए ।

डा. पूरण क्षेत्रीको प्राविधिक र व्यवस्थापकीय सहयोग तथा सोनसिकका खेलकुद संयोजक सन्तोष लामिछानेको संयोजकत्वमा संचालन गरिएको यस प्रतियोगिता कोभिड–१९को महामारीकाबीचमा अति संवेदनशील भई कोरिया सरकारको निर्देशन अनुरूप सम्पूर्ण स्वास्थ्यका मापदण्ड पुरा गरी सम्पन्न गरिएको पहिलो ठुलो एवम् भव्य कार्यक्रम रहेको छ ।

सोनसिकका सलाहकारहरू डा. विनायक भण्डारी, डा. इन्दिरा तिवारी, केशव थापा, प्रकाश देवकोटा, लगायत अन्य अग्रज व्यक्तित्वहरूको उपस्थितिका साथ भव्यरूपमा कार्यक्रम सम्पन्न भएको कुरा यस नेपाली विद्यार्थी समाज दक्षिण कोरियाका सभापति राजाराम श्रेष्ठले जनाएका छन्। साथै उनले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी हात हरुमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको कुरा जानकारी गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस