लोक सेवाले गर्‍यो प्राविधिक पदहरूको विज्ञापन (सूचनासहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लोक सेवाले गर्‍यो प्राविधिक पदहरूको विज्ञापन (सूचनासहित)


२६ कार्तिक २०७७, बुधबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगले निजामती सेवा तर्फ प्राविधिकलगायत विभिन्न पदमा विज्ञापन आह्वान गरेको छ। आयोगले करिब तीन सय पदका लागि बुधबार सूचनाप्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका पदमा खुला र समावेशीतर्फ लिखित परीक्षाको विज्ञापन गरेको छ। ३० प्रतिशत आन्तरिक बढुवा र बाँकी खुलाबाट यी पदमा पदपूर्ति गरिनेछ।

दरखास्त मंसिर १६ गतेसम्म दिइसक्नुपर्ने छ। परीक्षा मिति भने पछि तय गरिने आयोगले जानकारी दिएको छ ।

निजामति सेवातर्फ २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको र स्वास्थ्य सेवातर्फ २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। तर बहालवाला निजामति कर्मचारीको हकमा भने उमेरहद लाग्ने छैन।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस