प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयको बैठक माग गर्ने चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा पार्टीभित्रको जारी विवाद र सचिवालय बैठकबारे छलफल हुने बताइएको छ ।

शनिबार अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्यले बैठकको माग गर्दै प्रधानमन्त्री ओलीलाई पत्र बुझाएका थिए।

प्रधानमन्त्रीसँग भेटेलगत्तै प्रचण्डसहित ५ सचिवालय सदस्यको बैठक बस्दैछ।

४ बजेपछि बस्ने बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस