डा. भट्टराई दम्पतीको कोरोना रिपोर्ट पुनः पोजेटिभ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. भट्टराई दम्पतीको कोरोना रिपोर्ट पुनः पोजेटिभ


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीको दोस्रो पटकको कोरोना रिपोर्ट पनि पोजिटिभ आएको छ । १४ दिन होम आइसोलेसनमा बसेका उनीहरुको दोस्रो पटकको पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको हो।

डा. भट्टराईले कोरोनाविरूद्ध लडाईँ केही लामै होला जस्तो अनुभूति भएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘बुढाबुढी सँगसँगै कोरोनाविरूद्ध मोर्चा कस्दै ! लडाईँ केही लामै होला जस्तो पो छ त !’

कात्तिक ७ गते पीसीआर परीक्षणका लागि स्वाब दिएका दुबै जनाको रिपोर्ट पोजिटिभ आएको बाबुरामले ट्वीटरमार्फत् जानकारी गराएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस