विद्युत् प्राधिकरणमा निमित्त कार्यकारी दिन हितेन्द्रदेव शाक्यलाई काज फिर्ता ल्याउन निर्देशन « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

विद्युत् प्राधिकरणमा निमित्त कार्यकारी दिन हितेन्द्रदेव शाक्यलाई काज फिर्ता ल्याउन निर्देशन


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका उप कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई काज फिर्ता गर्न ऊर्जामन्त्री वर्षमान पुन अनन्तले निर्देशन दिएका छन् ।

एनईए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका शाक्यलाई विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा फिर्ता बोलाउन मन्त्री पुनले निर्देशन दिएका हुन् ।

शुक्रवार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा मन्त्री पुनले काजमा रहेका शाक्यलाई केन्द्रीय कार्यालयमा हाजिरी गराउन भनेका हुन् ।

शाक्य केन्द्रीय कार्यालयमा हाजिरी भएपछि उनले नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउने छन् ।

सम्भवतः आज (आइतबार) नै कोइरालाले शाक्यलाई केन्द्रीय कार्यालयमा फिर्ता बोलाउन सक्ने समितिका एक सदस्यले बताए । आगामी हप्ताबाटै उनले प्राधिकरणको नेतृत्व सम्हाल्ने बताइएको छ।

हाल निमित्त कार्यकारी निर्देशक रहेका लेखनाथ कोइराला शाक्यभन्दा कनिष्ठ उप कार्यकारी निर्देशक हुन् । वरिष्ठताको आधारमा कोइराला भन्दा शाक्य नै माथि छन् । शाक्य र कोइरालाको एउटै ब्याचमा १२ औँ तहमा बढुवा भए पनि ११ औँ तहमा शाक्यको बढुवा छिटो भएको थियो ।

यसअघि कुलमान घिसिङको कार्यकाल सकिएपछि वरिष्ठताका आधारमा कोइरालालाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस