५४ हजार ७०० रुपैया नगदसहित आठ जुवाडे पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

५४ हजार ७०० रुपैया नगदसहित आठ जुवाडे पक्राउ


२३ कार्तिक २०७७, आइतबार


गलकोट । जिल्ला प्रहरी कार्यालय बागलुङले शनिबार जुवाको खालबाट नगदसहित आठ जुवाडेलाई पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका-४ ठुलस्वारामा जुवा खेलिरहेको अवस्थामा बागलुङ नगरपालिका-१० का सूर्य केसी, यमबहादुर केसी, सुरज क्षत्री, बागलुङ नगरपालिका-११ का राजन आचार्य, सन्तोष केसी, बागलुङ नगरपालिका-२ का ज्ञानबहादुर कार्की, बागलुङ नगरपालिका-९ का कृष्णबहादुर सार्की र बाँके जिल्ला खजुरा गाउँपालिका-३ का तेजविक्रम क्षेत्रीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूको साथबाट नगद रु ५४ हजार ७०० समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । पक्राउ परेका सबैका बारेमा आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस