नयाँ पुस्तालाई नेतृत्व सुम्पिन प्रधानमन्त्री ओली तयार (भिडियोसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नयाँ पुस्तालाई नेतृत्व सुम्पिन प्रधानमन्त्री ओली तयार (भिडियोसहित)


२३ कार्तिक २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले अब नयाँ पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका छन्। शनिबार राति एपीवान टेलिभिजनको विशेष कुराकानीमा उनले यतो अभिव्यक्ति दिएका हुन् ।

उनले नयाँ पुस्ता भनेर ६० वर्ष आसपासकालाई अबको नेतृत्व सुम्पिनुपर्नेमा जोड दिए।

उनले भने, ‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ ?’

उनले अहिले नेतृत्वका लागि लाडाईं आवश्यक नै नभएको बताए ।

‘हामी किन आफैंलाई मात्रै, मैलाई मात्रै चाहियो ? मेरै मान पुगेन, मेरै भाउ पुगेन, मेरै भाग पुगेन भनेर किन लडाईं गर्छौँ ? एउटा सहमति गरौँ। नयाँ पुस्तालाई जिम्मा लगाऔँ, हामी ७० आसपासका छौँ। महाधिवेशन सम्ममा सबै ७० पुग्छौँ। हामीले नै सधैँ ओगटिरहनु पर्ने किन ?’

यसअघि प्रधानमन्त्री भइसकेका र महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका नेताले फर्किफर्की नेतृत्वका लागि लडाईं लड्नु गलत भएको उनको भनाइ छ ।

नेकपा विवाद कसरी टुंगिएला ? प्रधानमन्‍त्री ओलीसँग विशेष कुराकानी ? ओलीले आफूले गुट नचलाएको दाबीसमेत गरेका छन्। उनले आफूले गुट नचलाएको भन्दै अन्य नेतालाईसमेत गुट सञ्चालन नगर्न आग्रह गरेका छन्।

‘म प्रधानमन्त्री छँदै छु किन गुटबन्दी गर्नुपर्यो ? म प्रथम अध्यक्ष छँदैछु किन गुटबन्दी गुर्नपर्यो’, प्रधानमन्त्री ओलीले भने, ‘मेरो अरु साथीलाई पनि आग्रह छ, गुटबन्दी नगर्नुहोस्।’

भिडियो :

 

प्रतिक्रिया दिनुहोस