भारतीय सेना प्रमुख नरवणे सर्वोच्च शिखर अवलोकनका लागि माउन्टेन फ्लाइटमा सोलुखुम्बु पुगे « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेना प्रमुख नरवणे सर्वोच्च शिखर अवलोकनका लागि माउन्टेन फ्लाइटमा सोलुखुम्बु पुगे


२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ। औपचारीक रुपमा तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज नेपालका हिमाल हेर्न माउन्टेन फ्लाइटमा स्याङ्बोचे गएका छन्।

शुक्रबार बिहान माउन्टेन फ्लाइटबाट सोलुखुम्बुस्थित स्याङ्बोचे गएका उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराइने नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस