आइपिएल : दिल्ली क्यापिटल्सलाई ५७ रनले पछि पार्दै मुम्बई फाइनलमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आइपिएल : दिल्ली क्यापिटल्सलाई ५७ रनले पछि पार्दै मुम्बई फाइनलमा


एजेन्सी

२१ कार्तिक २०७७, शुक्रबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहीबार भएको खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्समाथि ५७ रनको जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।

चार पटकको च्याम्पियन्स मुम्बई पाचौ पटको उपाधिको दाबेदारीका लागि फाइनलमा प्रवेश गरेको हो।

मुम्बईले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले खराब ब्याटिङ गर्‍यो। दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १४३ रन मात्र जोड्न सक्यो।

दिल्लीका शीर्ष तीन ब्याट्सम्यान शून्यमा आउट भएका थिए। पहिलो ओभरको दोस्रो बलमा पृथ्वी शा र पाँचौ बलमा अजिन्का राहाणेलाई मुम्बईका ट्रेन्ट बोल्टले आउट गरेका थिए।

दोस्रो ओभरको दोस्रो बलमा शिखर धवनलाई जसप्रित बुमराहले शुन्यमा बोल्ड गरेपछि दिल्ली सुरुमै संकटमा परेको थियो।

दिल्लीका लागि मार्कोस स्टोइनिसले ६५ रन र अक्षर पटेलले ४२ रनको योगदान दिए।

दिल्लीको इनिङ ध्वस्त पार्ने क्रममा मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए। उनले चार ओभरमा १ ओभर मेडन राख्दा १४ रन दिए। २ ओभर बलिङ गरेका बोल्टले १ ओभर मेडन राख्दा २ विकेट लिँदै ९ रन खर्चिए।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा २०० रन जोड्यो।
पहिलो क्वालिफायरमा विजय हुने टिम सिधै फाइनल पुग्नेछ । दिल्लीको सुरुवाती ब्याटिङ इतिहासकै धराप बनेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस