अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यक्ष थापा र श्रीमती नरवणेबीच भेट


२० कार्तिक २०७७, बिहिबार


काठमाडौं । सैनिक श्रीमती संघ(नेपाल)का अध्यक्ष दीपा थापा र सेना श्रीमती कल्याणकारी संघ (भारत)का अध्यक्ष वीना नरवणेबीच भेटवार्ता भएको छ ।

भद्रकालीस्थित सङ्घको कार्यालयमा भएको भेटमा अध्यक्ष नरवणेलाई सङ्घद्वारा सञ्चालित विविध कल्याणकारी कार्यक्रम र गतिविधिबारे जानकारी गराइएको थियो ।

सो अवसरमा अध्यक्ष श्रीमती नरवणेले सङ्घका अन्य पदाधिकारीसँग कल्याणकारी कार्यक्रममा केन्द्रित रही अन्तक्रिया गरेकी नेपाली सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस