पत्रकार अर्नव गोस्वामी दुई हप्ता हिरासतमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पत्रकार अर्नव गोस्वामी दुई हप्ता हिरासतमा


एजेन्सी

२० कार्तिक २०७७, बिहिबार


काठमाडौँ । भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई दुई हप्ताको न्यायिक हिरासतमा पठाइएको छ।​

अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याका लागि उक्साएको आरोपमा मुम्बईको एक अदालतले बुधवार राति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।​

अर्नव गोस्वामीका वकिल अबाद पोंडाले धरौटीमा रिहाइका लागि निवेदन दर्ता गराएका छन्, जसको सुनुवाइ बिहीबार हुने छ। ​

२०१८मा ईन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकको मृत्युको विषयमा अनुसन्धान गर्न अनर्वलाई बुधवार घरबाटै पक्राउ गरिएको थियो। पछिल्लो समय उनी मुम्बई प्रहरी र महाराष्ट सरकारको आलोचनामा उत्रिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस