प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान


१७ कार्तिक २०७७, सोमबार


काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले हालै पदोन्नति भएका ईश्वर हमाललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङगी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति थापाले उनलाई रथीको दज्र्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषदको गत असार ६ गतेको बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा रथी हमालले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाली रहेका छन् ।

नेपाली सेनामा हाल दुई रथीको दरबन्दी रहेको छ । रथी हमाल सैनिक संगठनमा बौद्धिक व्यक्तित्वका रुपमा परिचित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस