रोकियो उपसचिवको विज्ञापन, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रोकियो उपसचिवको विज्ञापन, सर्वोच्चद्वारा अन्तरिम आदेश जारी


१७ कार्तिक २०७७, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले उपसचिवको विज्ञापन स्थगित गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोक सेवा आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता हरिहर दाहाल र नारायण पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपक कुमार कार्कीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

उपसचिवका लागि रिक्त सबै पदमा विज्ञापन माग नगरी लुकाएको भन्दै बढुवाको मुखमा पुगेका शाखा अधिकृतहरूले मुद्दा दायर गरेका थिए ।

सम्बन्धित समाचार : सहसचिव र उपसचिवका लागि विज्ञापन खुल्यो

सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा दायर गरेको मुद्दामा पनि यसअघि नै अल्पकालीन अन्तरिम आदेश जारी भइसकेको छ ।

सम्बन्धित समाचार : सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा सर्वोच्चमा मुद्दा, अल्पकालीन अन्तरिम आदेश जारी

Tags :
प्रतिक्रिया दिनुहोस