दाङका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

दाङका ४८ वर्षीय कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु


१७ कार्तिक २०७७, सोमबार


दाङ । कोरोना भाइरस संक्रमणबाट दाङ तुलसीपुरका थप एक जनाको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी ४८ वर्षीय पुरूषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो।

उनको नेपालगञ्जस्थित भेरी अस्पतलामा आइतबार राति सवा ११ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

कात्तिक १० गते अस्पताल भर्ना भएका उनको पिसिआर परीक्षण गर्दा ११ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस