श्रीलङ्काको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत सङ्कुचनको प्रक्षेपण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रीलङ्काको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशत सङ्कुचनको प्रक्षेपण


एजेन्सी

१७ कार्तिक २०७७, सोमबार


कोलोम्बो । श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) ले राज्यको कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतले सङ्कुचन आउने प्रक्षेपण आइतबार गरेको छ ।

सीबीएसएलले सन् २०२० का पछिल्ला आर्थिक विकासक्रमलाई प्रकाश पार्दै सन् २०२१ को आर्थिक सम्भावनालाई प्रस्तुत गरेको हो । उक्त प्रक्षेपणले सन् २०२० को कूल गार्हस्थ उत्पादनमा १.७ प्रतिशतको सङ्कुचन आउने तर यो सन् २०२० सम्ममा पाँच प्रतिशतले बढ्ने बताएको छ ।

कोभिड–१९ का कारण थला परेको अर्थतन्त्रलाई ठूलो मात्रामा आर्थिक सुधारका लागि नीतिगत तथा मौद्रिक खुलापनका साथै सुविधाजन्य ऋण तथा धितो कार्यक्रमले उकास्ने केन्द्रीय बैंकले बताएको छ ।

प्रतिकूल अनुमानबीचमा सरकारले आफ्ना सबै सेवा दायित्वहरू पूरा गरेको छ जसमा अक्टोबर २०२० को शुरुमा परिपक्व अन्तर्राष्ट्रिय सार्वभौम बन्धन (आईएसबी) को मिलावट समावेश छ ।”

“स्थानीय र विश्वव्यापी रूपमा कोभिड–१९ नियन्त्रण गर्न लिएको सफलताको गति र आन्तरिक आर्थिक सुधारको परिमाण र आगामी अवधिमा पुनरुद्धार निर्धारण गर्न महत्वपूर्ण रहेको छ,” सीबीएसएलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस