चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

चितवनमा थप २ जना कोरोना संक्रमितको मृत्यु


१७ कार्तिक २०७७, सोमबार


चितवन । कोरोना संक्रमणका कारण चितवनमा थप दुई जनाको मृत्यु भएको छ ।

भरतपुर अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको सोमबार बिहान मृत्यु भएको हो ।

भरतपुर महानगरपालिकाका ७९ वर्षीय वृद्ध र धादिङको निलकण्ठ नगरपालिकाका ६१ वर्षीया वृद्धाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर-१० का कोरोना संक्रमित वृद्धलाई श्वासप्रश्वाशमा समस्या भई अस्पतालमा भर्ना गरिएको थियो।

कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आइसीयूमा राखेर उपचारको क्रममा सोमबार बिहान १ः२० बजे उनको मृत्यु भएको पौडेलले बताए।

त्यस्तै, धादिङ्गको निलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीया महिलाको पनि कोभिड आइसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो। उनको सोमबार विहान २ः५५ बजे मृत्यु भएको पौडेलले बताए।

 

Tags :
प्रतिक्रिया दिनुहोस