लोक सेवा प्रश्नोत्तर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

लोक सेवा प्रश्नोत्तर


१४ कार्तिक २०७७, शुक्रबार


नेपालको सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्य सम्पादन स्तर अब्बल बनाइराख्न लोक सेवा आयोग र सेवा सञ्चालन गर्ने निकायले के कस्तो भूमिका निर्वाह गर्नुपर्ने ठान्नुहुन्छ ? उल्लेख गर्नुहोस् । 5±5=10 शाखा अधिकृत दोस्रो पत्र, २०७१

समाधान

जनशक्ति कुनै पनि सङ्गठनको लागि प्रमुख साधनको रूपमा रहेको हुन्छ । यो सार्वजनिक व्यवस्थापनको आफैमा एक साधन मात्र होइन अरू सबै साधनहरूको परिचालनकर्ता पनि हो । तसर्थ हरेक सङ्गठनले आफ्नो उद्देश्य पुरा गर्नको लागि मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्य सम्पादन स्तर अब्बल बनाइराख्न जरुरी छ । यसको लागि लोक सेवा आयोग र ती जनशक्तिको कार्य सञ्चालन गर्ने निकायले निर्वाह गर्नुपर्ने भूमिकालाई निम्न अनुसार उल्लेख गर्न सकिन्छ:

लोक सेवा आयोगले निर्वाह गर्नुपर्ने भूमिका:

  • कर्मचारीको भर्नामा Negative recruitment तथा positive recruitment दुवै गर्ने नीतिको अवलम्बन गर्ने ।
  • दक्षिण अफ्रिकामा जस्तै लोक सेवा आयोगलाई सार्वजनिक सेवाको जाँचबुझ, अनुगमन, सुपरिवेक्षण गरी आवश्यक राय, निर्देशन दिन सक्ने गरी संवैधानिक व्यवस्था गर्न पहल गर्ने ।
  • हरेक पदमा पहिलो पदस्थापना लोक सेवा आयोगले गर्ने व्यवस्था गर्ने ।
  • व्यवस्थापन परीक्षणको कार्य लोक सेवा आयोगले गर्ने गरी कानुनी व्यवस्था गर्न पहल गर्ने ।
  • पाठ्यक्रमलाई academic भन्दा कामसँग सम्बन्धित बनाउने ।
  • परीक्षा प्रणालीलाई थप वैज्ञानिक बनाउने ।
  • लोक सेवा आयोगको परामर्श बाध्यकारी हुने व्यवस्था मिलाउने ।

सेवा सञ्चालन गर्ने निकायले निर्वाह गर्नुपर्ने भूमिका:

  • कर्मचारीको पदस्थापना गर्दा right man in right place in right time गर्ने ।
  • वस्तुगत तथा वैज्ञानिक कार्य सम्पादन मापनका सूचक सहितको स्पष्ट कार्य विवरण बनाई प्रभावकारी कार्यान्वयन गर्ने तथा त्यसको निष्पक्ष मूल्याङ्कन गरी reward, reform and punishment को नीति अवलम्बन गर्ने ।
    विभिन्न तालिम प्रशिक्षणका अवसरहरू प्रदान गर्ने ।
  • हरेक निकायको छुट्टा छुट्टै standard operation procedure (SOP) तयार गरी कार्यान्वयन गर्ने ।
  • trade union rights लाई सही किसिमले व्यवस्थापन गर्ने । यसको राजनैतिक दलपिच्छेका trade union नभएर एकल पेसागत सङ्घ खोल्ने व्यवस्था गर्ने ।
  • सरुवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासलाई पूर्वानुमानयोग्य, वस्तुगत तथा न्यायपूर्ण बनाउने ।
  • मौद्रिक तथा गैर मौद्रिक उत्प्रेरणाका तत्त्वहरूबिच सन्तुलन मिलाउँदै कर्मचारीहरूलाई highly motivated, enthusiastic and moraled बनाउने ।
  • व्यवस्थापनका नवीन tools जस्तो participative management, two way communication, flatter structure, delegation of authority, PBIS आदिको प्रयोग गर्ने ।
  • योग्यता प्रणालीलाई असर नपर्ने गरी समावेशीकरणको अभ्यास गर्ने ।
  • चालु बजेटको कम्तीमा ५ प्रतिशत मानव संसाधन विकासमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था गर्ने ।
  • कर्मचारीलाई सेवाबाट बर्खास्त गर्ने अवस्थामा बाहेक अन्य सजायमा लोक सेवा आयोगको सिफारिस आवश्यक नपर्ने व्यवस्था गर्ने ।
  • CD plan, succession plan को अवलम्बन गर्ने ।
  • performance management contract मा जोड दिने ।
  • result oriented प्रशासनको अवलम्बन गर्ने ।
  • नतिजामुखी अनुगमन तथा मूल्याङ्कन पद्धतिको अवलम्बन गर्ने ।
  • कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन गर्ने ।

निष्कर्ष:

माथि उल्लेख गरिएका लगायतका उपायहरू अवलम्बन गर्न सकियो भने सार्वजनिक सेवामा मेधावी जनशक्ति आकर्षण गर्न र ती जनशक्तिको कार्यसम्पादन स्तर अब्बल बनाइराख्न सकिन्छ । यसतर्फ सम्बद्ध सबैले इमानदार प्रयास गर्न जरुरी देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस