आइपीएल : मुम्बईको शीर्ष स्थान कायमै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आइपीएल : मुम्बईको शीर्ष स्थान कायमै


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्सले शीर्ष स्थान कायमै राखेको छ । गएराति अबुधाबीमा भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराउँदै आफ्नो स्थान सुरक्षित राखेको हो ।

बैंगलोरले मुम्बई सामु १६५ रनको लक्ष्य पेश गरेको थियो । उक्त लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर पुरा गर्यो ।

यो जितपछि मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । मुम्बईको शीर्ष स्थान कायमै रहेको छ भने बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस