विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख बढी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख बढी


१३ कार्तिक २०७७, बिहिबार


काठमाडौँ । विश्वभर कोरोना सङ्क्रमितको जनसङ्ख्या करिब साढे चार करोड नजिक पुगेको छ । बिहीबार बिहानसम्म विश्वभर ४ करोड ४७ लाख ३९ हजार ९ सय १६ जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेको ओर्ल्डोमिटरले जानकारी दिएको छ ।

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका २१५ देशमा फैलिइसेको छ । कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ । त्यसपछि दोस्रो बढी प्रभावित देश भारत बनेको छ । तेस्रो  कोरोना बढी प्रभावित मुलुक ब्राजिल छ ।

आर्ल्डोमिटरका अनुसार अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ । यस्तै भारतमा ८० लाख ३८ हजार जनसङ्ख्या कोरोना सङ्क्रमित भइसकेका छन् । तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा ५४ लाख ६९ हजार ७५५ जनामा कोरोना पुष्टि भएको छ ।

हाल विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख ७८ हजार ५ सय २७ पुगेको छ ।

विश्वभर ३ करोड २७ लाख २ हजार ६४ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् ।

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले कोरोना सङ्क्रमणको अवस्था अझै झन् जटिल हुनसक्ने भन्दै थप कडा कदम चाल्नु पर्ने बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस