तातोपानी नाका आजबाट पुन: संचालनमा आउने « प्रशासन
Logo १३ जेष्ठ २०८१, आइतबार
   

तातोपानी नाका आजबाट पुन: संचालनमा आउने


१२ कार्तिक २०७७, बुधबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड्-१९) का कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका आज (बुधबार) देखि पुन: सञ्चालनमा आउने भएको छ ।

चिनियाँ अधिकारीहरुबाट प्राप्त जानकारी अनुसार आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन सुरु गर्ने जानकारी प्राप्त भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

बुधबार मध्याहृनसम्म नाकामा कुनै सामान आइनपुगेको भन्दै उनले साँझसम्म नाकाबाट माल वस्तु आयात सुरु हुने जानकारी दिए ।

कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालले बताए । चिनियाँ अधिकारीहरुसँग भएको समझदारी अनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले माल वस्तु ल्याएर छोडेर जानेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस