नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेप्का गाउँले टेलिफोन सेवाबाट वञ्चित


११ कार्तिक २०७७, मंगलबार


हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडा नं ५ नेप्का गाउँका नागरिक वर्षौँदेखि टेलिफोन सेवा पाउनबाट वञ्चित छन् । नेपाल टेलिकमले जिल्लाका अन्य गाउँपालिकाका गाउँमा टेलिफोन सेवा जडान गरे पनि नेप्का गाउँमा सेवा विस्तार हुन सकेको छैन ।

नेप्का गाउँमा टेलिफोन सेवा विस्तारका लागि सम्बन्धित निकायमा धेरैपटक हारगुहार गरिए पनि सुनुवाई नभएको स्थानीयवासी जसबहादुर तामाङ्गले गुनासो पोखे । तामाङ्गले भने, “गाउँमा टेलिफोन सेवा विस्तार नहुँदा वर्ल्डलिंक कम्युनिकेशनले वडा कार्यालयमा जडान गरेको इन्टरनेटबाट आफन्तसँग कुराकानी गर्नका लागि रातभर जागै बस्नुपर्ने बाध्यता छ” । टेलिफोनबाट कुराकानी गर्न एक दिनको पैदल हिँडेर गाउँपालिका केन्द्र पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी हर्कदन तामाङले बताए ।

गाउँमा रहेको वर्ल्डलिंक सेवाबाट पनि दिउँसो सोलार चार्ज भएपछि मात्रै इन्टरनेट चल्ने भएका कारण रातभर जागै बस्नुपरेको हो । वर्ल्डलिंकको सेवामा पनि बेलाबेलामा समस्या आउने गरेको स्थानीयवासीको गुनासो छ ।

Tags :
प्रतिक्रिया दिनुहोस