दशैँ : दुई लाख बढीले छोडे काठमाडौँ उपत्यका « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दशैँ : दुई लाख बढीले छोडे काठमाडौँ उपत्यका


८ कार्तिक २०७७, शनिबार


यातायात मजदुर

काठमाडौँ । दशैँ मनाउनका लागि हालसम्म दुईलाख बढीले काठमाडौँ उपत्यका छोडेका छन् । घटस्थापनादेखिको एक सातामा २ लाख १८ हजार ९ सय जना काठमाडौँ उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

घटस्थापनाका दिन मात्रै २१ हजार ६ सयले उपत्यका छोडेका थिए । पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेको महाशाखाले जनाएको छ ।

दशैँको पहिलो र दोस्रो दिन २१/२१ हजार, तेस्रो र चौथो दिन २३/२३ हजार, पाँचौं दिन २२ हजार ३ सय, छैटौँ दिन २५ हजार २ सय र सातौँ दिन पछिल्लो २४ घण्टामा ४८ हजारले उपत्यका छाडेको महाशाखाले जानकारी दिएको छ ।

फुलपातीको दिन शुक्रबार २४ घण्टामा ८ हजार ७ सय बढीगृहजिल्ला गएका छन्। बिहीबार ३३ हजार ४ सयले उपत्यका छोडेका थिए।

विगतको वर्षमा भन्दा यो वर्ष उपत्यकाबाट बाहिरिनेको संख्या न्यून रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस