आजदेखि क्लिनफिड लागू, विदेशी च्यानल विज्ञापनरहित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आजदेखि क्लिनफिड लागू, विदेशी च्यानल विज्ञापनरहित


७ कार्तिक २०७७, शुक्रबार


काठमाडौ । आजदेखि नेपालमा क्लिनफिड अर्थात् विज्ञापनरहित प्रसारण नियम लागू भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजदेखि क्लिनफिड प्रसारणको नियम लागू भएको जानकारी दिएको छ। गत वर्षको कार्तिक ८ गतेदेखि लागू भएको विज्ञापन नियमन गर्ने ऐन, २०७६ मा विदेशी च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाको आजदेखि कार्यान्वयन गर्नेबारे गत ४ गते बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो। विज्ञापनरहित प्रसारणको नियम आजदेखि कार्यान्वयनमा आउने र नियम कार्यान्वयन भएन भएको भोलिदेखि निरन्तर अनुगमनसमेत हुने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताएका छन्।

अब विदेशी च्यानलका सामग्रीहरु विज्ञापनरहित प्रसारण गर्नुपर्ने छ भने विदेशी विज्ञापन डबिङ गरी प्रसारण गर्न पनि पाइने छैन। विज्ञापन नियमन गर्ने ऐन, २०७६ को मर्म र भावना अनुरुप तोकिएको मितिदेखि क्लिन फिड प्रसारण गर्न गराउन तथा कानून अनुसार तोकिएको मितिमा क्लिन फिड प्रसारण नभएमा कानून अनुसार हुने व्यहोरा सम्बन्धित निकायहरुलाई यसअघि नै जानकारी गराइसकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस