सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको


३ कार्तिक २०७७, सोमबार


काठमाडौं । असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने व्यवस्थासहित चैत ११ अघिको भाडा लागु हुने भएको छ ।

सोमबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी गराएका हुन्।

लकडाउनका कारण धरापमा परेको सार्वजनिक यातायात खुलाउने निर्णय गर्दै सरकारले यसअघि क्षमताको आधा मात्रै यात्रु बोक्न पाउने निर्णय गरेको थियो।

त्यसका साथै ५० प्रतिशत बढी भाडा लिन पाउने पनि व्यवस्था सरकारले निर्णय गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस