प्रशासन सेवाको सहसचिवको विज्ञापन अनिश्चितकालका लागि स्थगित, दरखास्तसमेत नलिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासन सेवाको सहसचिवको विज्ञापन अनिश्चितकालका लागि स्थगित, दरखास्तसमेत नलिने


३ कार्तिक २०७७, सोमबार


लोक सेवा

काठमाडौँ । लोक सेवा आयोगले नेपाल प्रशासन सेवाको सहसचिव पदको विज्ञापन रोकिएको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै दरखास्त लिने समेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगित गरेको हो ।

‘आयोगबाट मिति मिति २०७७/०६/२८ माप प्रकाशित विज्ञापनहरुमध्ये नेपाल प्रशासन सेवाका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरहका रिक्त पद पूर्तिका लागि प्रकाशित बढुवा सूचना नं. २/२०७–०७८ र नं. ३९/२०७–०७८ तथा सो सँग सम्बद्ध विज्ञापन नम्बर नं। १६६५४/२०७–०७८(आ.प्र.), नं. १६६५९/२०७–०७८(खुल्ला), नं. १६६६०/२०७–०७८(आ.ज.) र नं. १६६६१/२०७–०७८(दलित) का विज्ञापनहरूमा दरखास्त सङ्कलनको कार्य भइरहेकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७/०६/२९ मा भएको आदेश कार्यान्वयनका लागि आयोगको मिति २०७७/०७/०३ को निर्णयबाट माथि उल्लेखित बढुवा सूचना नं. तथा विज्ञापन नं. हरूमा दरखास्त लिनेसमेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश वा सूचना नभएसम्मका लागि स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि जानकारी गरिन्छ’, आयोगद्वारा विज्ञप्तिमा उल्लेख छ ।

सहसचिवको पद लुकाएको भन्दै नेपाल सरकारका उपसचिवहरूले लोक सेवा आयोगसमेतलाई विपक्षी बनाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । आयोगको सूचना प्रकाशित भएकै दिन बुधवार वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र अधिवक्ता नारायणप्रसाद पराजुलीले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लले बिहीबार लोक सेवा आयोगसमेतका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सम्बन्धित समाचार : सहसचिव पद लुकाएको भन्दै उपसचिवद्वारा सर्वोच्चमा मुद्दा, अल्पकालीन अन्तरिम आदेश जारी

आफ्नो सेवा समूहमा रिक्त रहेका र यसै आर्थिक वर्ष भित्रमा रिक्त हुने ८६ वटा पदको प्रतिशत निर्धारण गरी पदपूर्तिका लागि मन्त्रालयले विवरण पठाई लोक सेवा आयोगले सूचना प्रकाशन गर्नुपर्नेमा त्यसको प्रतिकुल रिक्त पद लुकाई पदपूर्तिको सूचना प्रकाशित गरेको पाइएको भन्दै गणना नगरिएका २४ वटा पद थप गरेर मात्र प्रक्रिया अगाडी बढाउन माग गरेका थिए। आयोगले गत बुधवार ज्येष्ठता र कार्यसम्पादन र कार्यक्षमता मुल्याँकनद्वारा पूर्ति गर्ने गरी सहसचिवको ६२ पद विज्ञापन गरेको थियो ।

सम्बन्धित समाचार : सहसचिव र उपसचिवका लागि विज्ञापन खुल्यो

आयोगले सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ । जसमध्ये निजामती तर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस