आइसोलेसनबाट फरार थुनुवा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आइसोलेसनबाट फरार थुनुवा पक्राउ


१ कार्तिक २०७७, शनिबार


पक्राउ

लहान । सिरहाको धनगढीमाई नगरपालिका-११ स्थित महेन्द्र गेनाई अस्पतालको आइसोलेसनबाट फरार भएका एक थुनुवालाई आज प्रहरीले पक्राउ परेको छ ।

चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका लहान नगरपालिका-१३ निवासी रवीन्द्र यादव गत भदौ ९ गते बेलुका शौचालयको झ्यालबाट हामफालेर फरार भएका थिए । उनलाई लहान नगरपालिका-१९ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वाब परीक्षणका क्रममा गत साउन २८ गते उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि यादवलाई महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी त्यहीँबाट फरार भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस