पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ७४६ जना संक्रमित थपिए « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पछिल्लो २४ घण्टामा उपत्यकामा १ हजार ७४६ जना संक्रमित थपिए


१ कार्तिक २०७७, शनिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ४६ जनामा कोरोना पुष्टि भएको हो।

त्यसमध्ये काठमाडौंका १ हजार ४ सय ५१ जना, भक्तपुरका १ सय ५३ जना र ललितपुरका १ सय ५२ जना रहेका छन् छन्।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस