अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ८० लाख नाघ्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या ८० लाख नाघ्यो


एजेन्सी

१ कार्तिक २०७७, शनिबार


न्युयोर्क । अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमितको संख्या ८० लाख नागेको छ ।

समाचारमा जनाइए अनुसार अमेरिकामा कोभिड सङ्क्रमितको संख्या ८० लाख ८ हजार ४०२ पुगेको हो ।

जोन हप्किन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार शुक्रबार यहाँका संक्रमितको संख्या ८० लाख नाघेको हो ।

अमेरिका विश्वमा नै कोभिडबाट संक्रमितहरु सबैभन्दा धेरै भएका देशमा पर्दछ । त्यसैगरी यस सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।

उक्त विश्वविद्यालयका अनुसार अमेरिकामा मृत्यु हुनेको संख्या पनि २ लाख १८ हजार ९७ जना रहेको छ ।

उक्त विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस