सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन : नेता सिंह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारले आफ्नो भूमिसमेत दाबी गर्न सकेन : नेता सिंह


१ कार्तिक २०७७, शनिबार


काठमाडौं । नेपाली कांग्रेसका नेता तथ पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको बताएका छन् ।

हुम्लामा नेपाली भूमि चीनले अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि मिचिएकै छैन भनेर अपरिपक्व अभिव्यक्ति दिएको बताएका हुन् ।

नेता सिंहले सरकारको परराष्ट्र नीति असन्तुलित देखिएको बताएका छन् । नागार्जुन नगरपालिकाले सिउचाटारमा निर्माण गरेको ओपन फिटनेस पार्कको शनिबार उदघाटन गर्दै उनले भने, ‘आफ्नो राष्ट्रको भूभाग संरक्षण गर्दै सरकारले सुरक्षा दिन सक्ने कि नसक्ने जस्तो भान जनतालाई भइरहेको छ ।

अहिले ठूला ठूला भ्रष्टाचार काण्ड भएको भन्दै उनले त्यसको निष्पक्ष छानबिनको माग गरे । जतिसुकै ठूलो नेता भएपनि भ्रष्टाचारमा संलग्न भए उन्मुक्ति दिन नहुने उनले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस